परराष्ट्रमन्त्री ज्ञवाली दम्पतिले गरे अंगदान


 


काठमाडौं । नेकपा नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मृत्यपछि आफ्नो अंगदान गर्ने भएका छन् । शुक्रवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर पुगेर ज्ञवालीले अंगदान गरेका छन् । ज्ञवाली दम्पतिले नै मरणोपान्त अंग दिन शुक्रवार प्रत्यारोपन केन्द्रमा पुगेका हुन् । ज्ञवाली र उनकी पत्नीले मरणोप्रान्त आफ्नो अंगदान दिने भएका छन् ।

दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं । जिन्दगीको त के भरोसा छ र १ अंगदानपछि आफ्नो प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भने जति दिन बाँचिन्छ, समाजमा थोरै भएपनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस् ।

नेपालमा अंगदान गर्नेहरुको संख्या धेरै कम छ । मृत्युपछि आफ्नो शरिरको अंग अरुको जीवनमा काम लाग्दैनन् । मृत्युपछि जलेर खरानी हुने शरिर अरुका लागि काम लगाउन मन्त्री ज्ञवालीले अंगदान गरेका छन् । ज्ञवालीको अंगदानले एउटा सकारात्मक सन्देश जाने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बताएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्