होटलमा रकमको मोलतोल, होटलमै अख्तियारको छापा


 


सिरहा । सिरहाको गोलबजार नगरपालिकाका सब-ओभरसियर उमा श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।

चोहर्वाको एक होटलमा सेवाग्राहीसँग ५० हजार घुस लिएलगत्तै सब-ओभरसियर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसंग होटलमा बोलाएर घुस लिएपछि उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिवासका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सब-ओभरसियर श्रेष्ठलाई आवश्यक कार्बाहिका लागि बर्दिबास कार्यालय ल्याएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्