राष्ट्रियतामाथी खेलवाड नगर्न ओली सरकारलाई कोइरालाको चेतावनी,


 


काठमाडौं देशको अस्मिता र राष्ट्रियतामाथी खेलवाड नगर्न सरकारलाई डा शेखरको चेतावनी, वृद्ध नेतालाई बिस्थापित गर्छौं-भण्डारी
कास्की- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले गर्दा राष्ट्रियता ईतिहाॅसकै कमजोर बनेको बताउॅनुहुदै देशको अस्मिता र राष्ट्रियता माथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिनुभएको छ।

सरकारका हरेक गतिबिधीले अन्तराष्ट्रिय तहमा देशको छबी धमिलिंदै गएको बताउॅनुहुदै डा कोइरालाले प्रश्न गर्नुभयो-“भेनेजुयलाका राष्ट्रपतीका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खोजेको? यसले नेपालको छबी कहाॅ पुग्छ? अन्तराष्ट्रिय स्तरमा के सन्देस जान्छ?” नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको “प्रथम जिल्ला परिषद” लाई संबोधन गर्नुहुदै नेपाली कांग्रेसका नेता डा कोइरालाले सरकारका अराजकता बिरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्धन्दमा अल्झिरहनु दुखद भएको पनी बताउॅनुभयो।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टी भित्रको झगडाले कम्युनिष्टहरुले बहुमत ल्याएको बताउॅदै पार्टीका वृद्ध नेताहरुले अब बिश्राम नलिए अधिवेशनबाट बिस्थापित गरिदिने चेतावनी दिनुभयो। भण्डारीले आफ्ना कार्यकर्ताहरुलाई जग्गा बाॅड्न कम्युनिष्ट सरकारले गुठी बिधेयक ल्याएको बताउॅनुभयो।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्