कांग्रेसले पाठ्यक्रम नै बनाएर प्रशिक्षण चलाउँदै


 


काठमाडौं, साउन ५

कांग्रेसले पाठ्यक्रम बनाएरै महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण चलाउने भएको छ । यसका लागि कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । डा। जगदीशचन्द्र पोखरेल संयोजकत्वको समितिमा डा। आरजू राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा सदस्य छन् ।

बीपी नगर ललितपुरमा बसेको प्रतिष्ठानको बैठकले सातै प्रदेशका १२ स्थानमा साउन १६ देखि दुई दिन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ। समिति सदस्य भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य छन् ।

यस्तै, खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको सचिव मुक्ति आचार्यले बताए । समिति सदस्यमा सुभाष पोखरेल, डा। प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल छन् ।

कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौंमा गर्ने निर्णय भएको उनले बताए । बैठक कांग्रेस उपसभापति एवं प्रतिष्ठान अध्यक्ष विमलेन्द्र निधिको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित मिति: ५ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्