मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा जागिर खुल्यो (विज्ञापनसहित)


 


बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कर्मचारी माग गरेको छ। प्रदेशभित्रका १२ जिल्लाका ७३ वटा गाउँपालिकामा सञ्चालन हुने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि सहजकर्ता माग गरेको हो। कार्यालयले आइतबार निकालेको सूचनामा १५ दिनभित्र दरखास्त पेश गरिसक्न आग्रह गरिएको छ।

१४ जना कार्यक्रम सहजकर्ता आवश्यक परेको कार्यालयले जनाएको छ। कार्यक्रम लागू हुने जिल्लामा स्थायी बसोबास गर्नेबाट दरखास्त आह्वान गरेको हो।

स्नातक उत्तिर्ण गरेको, तीन वर्ष सामाजिक परिचालकका रुपमा काम गरेको र २१ वर्षदेखि ४० वर्ष उमेरका व्यक्तिले दरखास्त दिन सक्नेछन्। रुपन्देही, पाल्पा, दाङ, प्युठान, रोल्पामा दुई जनाका दरले सहजकर्ता माग गरिएको छ। गुल्मीमा ३ जना र बाँकेमा १ जना सहजकर्ता माग गरिएको हो।

प्रकाशित मिति: ५ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्