उर्लावारीमा डेंगुको संक्रमण बढ्यो, नगरपालिकासँग छैन आधिकारिक तथ्यांक


 


उर्लाबारी । उर्लावारीमा १७ जनामा डेंगुको संक्रमण देखिएको छ । यो तथ्याङ् मंगलबारे अस्पतालमा उपचार गर्न आएका बिरामीहरूको मात्र हो ।

नगरपालिकाको वडा नम्बर २ र ९ बाहेक सबै वडाहरूमा डेंगुका बिरामीहरू भेटिएका हुन् । सबैभन्दा बढी वडा नम्बर ४मा ६ जना संक्रमित भेटिएका हुन् । वडा नम्बर ३ मा ३ जना, १ मा १ जना,५ नम्बर वडामा १ जना,वडा नम्बर ६ मा ३ जना , वडा नम्बर ७ मा २ जना र वडा नम्बर ८ मा १ जनामा डेंगुको संक्रमण देखिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले भने ८ जनामा मात्र डेङ्गु देखिएको बताएको छ । जुन गलत हो । उर्लावारी नगरपालिकाले हालसम्म आफ्ना कतिजना नगरवासीलाई डेंगुको संक्रमण भयो भनेर एउटा आधिकारिक तथ्याङ सार्वजनिक गर्न सकिरहेको छैन । यो तथ्याङ् मंगलबारे अस्पतालमा उपचार गराउन आउनेहरूमा मात्र हो । तथ्याङ अझ बढ्न सक्छ । साभार – मंगलबारे पेजबाट

प्रकाशित मिति: ५ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्