गुल्मीमा पहिरो : मृत्यु भएका ६ जनाकै पहिचान


 


गुल्मी, साउन ७

गुल्मीमा पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने करिब ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर ६ भन्दा बढी अझै बेपत्ता भएका हुन् ।

बेपत्ताहरूको उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ । पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु रहनु भएको प्रजिअ खनालले बताउनु भयो ।

सोही गाउँपालिकाका वडा नम्बर चार लिंघाका ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विकको पनि पहिरोले पुरेर मृत्यु भएको बताइएको छ । मृत्यु भएको बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको छ । सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी पर रहेको छ । गुल्मीमा बेलुकीदेखि निरन्तर रुपमा पानी परिरहेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्