भक्तपुर जिल्लाको विकास निर्माण खुल्ला किताव जस्तै : महेश बस्नेत


 


भक्तपुर, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर जिल्लाको क्षेत्र विकास कोष तथा अन्य विकास निर्माणका कार्यहरु खुल्ला किताव जस्तै भएको बताउँदै विकासको आलोचना गरेर बस्ने कतिपय बुद्धिजीवि तथा केही मिडियाकर्मीले फुर्सद भएमा भक्तपुरमा भइरहेका सम्पूर्ण विकास निर्माणका आयोजनाहरु स्थलगत अध्ययन गरी सत्य तथ्यबुझ्न आग्रह गर्नुभएको छ ।

मध्यपुरथिमी नगरपालिका वडा नं. १ स्थित मनोरम नगर समाजको आयोजनामामनोरम जेष्ठ नागरिक मैत्रीपार्कको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले केही बुद्धिजीवित तथा मिडियाले क्षेत्र विकास कोष (सांसद कोष)को नकरात्मकप्रचार गर्ने गरेको बताउँदै क्षेत्र विकास कोषद्वारा निर्माण गरिएका विकासकाआयोजनाहरुको प्रभावकारीताको बारे भक्तपुरमाआएर हेरी विश्लेषण गर्न आग्रह गर्नुभएको छ ।

उहाँले क्षेत्रविकास कोष विकास र समृद्धिको मेरुदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नकरात्मकहल्ला फैलाउने कथित बुद्धिजीवि तथा केही मिडियाले सांसदहरुले क्षेत्र विकास कोषको रकमवगालीमालगाउने हो भनिप्रचार गर्ने गरेको जसबाट बुद्धिजीवि तथा केही मिडियाको बैचारीकदरिद्रताकति छ भन्ने प्रश्नचिन्ह खडा भएको छ । उक्त रकमको प्रयोग कस्तो भएको छ भनिभक्तपुरमाआएर हेरे हुन्छ । जुनखुल्लाकिताव जस्तै छ । आमनागरिकले बुझ्छन्, देखेका छन् । मिसन मिडियाकर्मीले समेत आएर स्थलगतअध्ययन गरे हुन्छ ।’
४४ लाखखर्च भएको उक्तपार्कमा सांसद विकास कोष (सांसद कोष)बाट १० लाखखर्च गरिएको तथाबाँकीनपुग रकम स्थानीयवासीले विभिन्नतवरबाट सहयोगले निर्माण गरिएको उक्तपार्क सहित क्षेत्र विकास कोषको माध्यमबाट भक्तपुरमा १८ वटा आयोजनाहरु निर्माण गरिएको उहाँले जानकारी गराउनुभयो ।

विभिन्न खाडी मुलुकले पानी, हरियाली, बनजंगलनभएको ठाउँमा समेत पानीप्रशोधित गरी पार्क तथा बृक्षारोपण गर्ने गरेको जानकारी गराउँदै सांसद बस्नेतले विश्वकाविभिन्नमुलुकका देशको तुलनामा नेपालप्राकृतिक बगैंचाभएको बताउनुभयो । विकास निर्माणमा सरकार तथा समुदायबीच सहकार्यमाकामगर्नुपर्ने बताउँदै उहाँले भक्तपुरमाआधादर्जनभन्दा बढी पार्कहरु निर्माणको प्रकृयामा रहेको जसमानीलबाराहीमाइको पार्क बनाउने कार्य शुरु भइसकेको समेत जानकारी गराउनुभयो ।

भक्तपुरमा चेतनाको विकास गुणस्तरिय भएको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमाविकासको चेतनाको स्तर धेरै माथि रहेको जसमाभक्तपुरको आगामीकार्य भनेको नै पार्क निर्माण, वातावरण सफाई, चेतनाअभिवृद्धि, जुन ठाउँमा मानिसको ध्यानपुगेको छैन त्यो ठाउँमा कार्य गर्ने प्रकारको चेतनाको विकास भएको छ ।’

हनुमन्ते नदी सफाई अभियानको ७५औं हप्ताको अवसरमाकोटेश्वरदेखी सूर्यविनायकसम्म राजमार्गमाग्रीनरी निर्माण गर्ने कार्य बनतथावातावरण मन्त्रीशक्तिबहादुर बस्नेतको प्रमुखआतित्थयमाशुभारम्भ हुने जानकारी गराउँदै उहाँले अरनीको राजमार्ग नै अबभक्तपुरमा पुरै पार्क जस्तै ग्रीनरी हुने समेत उद्घोष गर्नुभयो ।

आगामी दिनमा भक्तपुर विकास नभई रहननसक्ने बताउँदै उहाँले रोकिएको मनोहरा प्लानिङ तथामनोहरा करिडोरको काम शुरु भएको बताउनुभयो । भक्तपुरमाहुने कुनै पनिविकास निर्माणको कार्यको लागि बजेटको अभावनहुने बताउँदै उहाँले भन्नुभयो, ‘विकासमाहात्ती छिर्यो, पुच्छर अड्क्यो भन्ने प्रकारको हुनु हुँदैन, कुनै पनि समस्याभएउपयुक्तविकल्प सहित समस्या समाधानगर्नु पर्छ । जहाँ समस्यात्या समाधान हुन्छ ।’

हनुमन्ते करिडोर अघिल्लो वर्ष ८१ करोडको लागतमा राधेराधेबाट चारदोबाटोसम्मको निर्माण कार्य भएको र यो वर्ष दुई चरणमा विभाजन गरी चारदोबाटोदेखीबालकुमारी तथा राधेराधेदेखीभक्तपुरसम्मको निर्माण गर्न ७५÷७५ करोड बजेट विनियोजन भएको जानकारी गराउँदै उहाँले हनुमन्ते करिडोरकै कारण भक्तपुर यो वर्ष डुबानबाट मुक्तभएको बताउनुभयो । अबको डेढ वर्षभित्र अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमाहनुमन्ते करिडोर हुने समेत उहाँले बताउनुभयो ।

भक्तपुर विकासमा सैतेनीआमा हैन, विकासमा देशकै नमुनायोग्यजिल्लाभएको बताउँदै उहाँले हनुमन्ते तथामनोहरा नदीको करिडोरसँगै भक्तपुर र काठमाडौँ जोड्ने बेलिव्रिज समेत बन्ने क्रममा रहेको जानकारी गराउनुभयो ।त्यस्तै काठमाडौँ, भक्तपुर र ललितपुर जोड्ने त्रिपुरा संगममा स्थायीपुलबन्ने प्रकृयामा अघि बढेको जानकारी गराउँदै भक्तपुरका अघिकाशं सडकहरु कालोपत्रे हुने क्रममा रहेको र आगामीदिनमा समेत निरन्तरतापाउने बताउनुभयो ।

विकास र सामाजिककार्यमाअन्यजिल्लाले भक्तपुरबाट सिक्नलायक रहेको बताउँदै उहाँले भन्नुभयो, भन्नुभयो, ‘भक्तपुरमाअसार मसान्तमामात्रविकास भएको हैन, विकास निरन्तर भएको हो । मन्त्रालयबाट बजेटनिकासामात्रअसार मसान्तमाभएको हो ।’
भक्तपुरका सडक तथाकरिडोर निर्माणले कोटेश्वरको सवारी जामन्युनिकरणमा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने बताउँदै उहाँले कोटेश्वरको सुरुङ मार्गको डिपिआरको कार्य समेत शुरु भइसकेको जानकारी गराउनुभयो । सुरुङ मार्ग तथाहनुमन्ते तथामनोहरा नदीको करिडोर निर्माणसँगै कोटेश्वर जडिबुटीको सवारी जामको समस्या दिर्घकालिन रुपमा समाधानहुने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायकनगरपालिकाकाउपप्रमुखजुना बस्नेत, उच्च स्तरिय अधिकार सम्पन्नबागमती सभ्यताकाअध्यक्ष नरेन्द्र राज बस्नेत, भक्तपुर सडक डिभिजन कार्यालयका डिई बेल बहादुर भुजेललगायतका स्थानीयजनप्रतिनिधितथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्