इन्टरनेटको मूल्य नबढ्ने निश्चित


 


काठमाडौं । इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्च गर्ने भनेपछि इन्टरनेटको मूल्य यथावत रहेको हो ।

मन्त्रिपरिषद् बैठकले सहुलियत दिने निर्णय गरेपछि इन्टरनेट व्यवसायीले इन्टरनेटको मूल्य नबढाउने जनाइएको छ । साउन १ देखि इन्टरनेटको मूल्य बढाउने घोषणा भएको थियो ।

सेवा प्रदायक संघ (आईएसपिएन)का अनुसार सरकारले लगाएको थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्कमा सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत व्यहोर्ने गरी नियमावली संसोधन भएको कारण इन्टरनेटको शुल्क नबढ्ने भएको हो । इन्टरनेट जडान गर्दा लाग्ने उपकरण र मर्मत शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने सरकारले निर्णय गरेको छ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्