भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदै



,काठमाडौं ७ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । दोश्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि मोदी आगामी महिना नेपाल आउने भएका हुन ।
उद्योग बाणज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मोतीहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारको उदघाटनका लागि मोदी नेपाल आउने जानकारी दिए ।

बाराको अमलेखगञ्जस्थित नेपाल आयाल निगमको डिपो निरीक्षणपछि यादवले पाइपलाइनको उदघाटन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उदघाटन गर्ने री तयारी भइरहेको उल्लेख गरे । त्यस क्रममा मन्त्री यादव र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले हालै निर्माण सम्पन्न पाइपलाइनको निरीक्षणसमेत गरे ।

यसअघि भारतविरोधी भावना फैलिएको भन्दै भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउने मनस्थितिमा रहेको समाचारहरु आएका थिए । ‘दुवै देशका प्रधानमन्त्रीबाट पाइपलाइनको उदघाटन गर्ने तयारीमा छौं’, मन्त्री यादवले भने ‘त्यसैका लागि हामी निरीक्षणमा आएका हौं ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News