ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङले नेपालले मलेसियालाई ७ विकेटले हरायो


 


काठमाडौ‌ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।

८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा कार्यवाहक कप्तान ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले ।

मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् । यसअघि गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् । पहिलो खेलमा कतारसँग पराजित भएको नेपालका लागि आजको खेल गर या मरको अवस्थामा थियो ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्