स्नातक तह चार संकायका प्रथम बर्षकोे परीक्षा रुटिन सार्वजनिक, हेर्नुहोस्


 


काठमाडौं । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बल्खुले ३ र ४ बर्षे मानविकी, ब्यवस्थापन, बिज्ञान र शिक्षासास्त्र संकायको परिक्षा रुटिन सार्वजनिक गरेको छ । भदौ २० गतेदेखि हुने स्नातक तह प्रथम बर्षको परीक्षा रुटिन सार्वजनिक गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम बर्षका मानविकी ब्यवस्थापन, बिज्ञान र शिक्षासास्त्र संकायका बिद्यार्थीहरुका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

३ र ४ बर्षे स्नातक तहको परीक्षामा नियमित, प्राइभेट परीक्षार्थीहरु सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थी आफुले कुन कुन कोड र बिषय हो एकिन गरेर मात्र परीक्षा दिन आग्रह गरेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्