डान्सिङ्ग गीत लिएर आइन इन्दिरा भट्टराई (भिडियो सहित)


 


पछिल्लो समय लोक पप गीत मार्फत लोकप्रियताको शिखर चढ्दै गरेकी गायिका इन्दिरा भट्टराईको स्वरमा डान्सिङ्ग गीतगर्दिन म डिस्ट्रब सार्वजनिक भएको छ ।

गायिका भट्टराई र रबिन्द्र महराको स्वरमा रहेको गीत म्युजिक नेपालले युटुबमा सार्बजनिक गरेको हो ।  नृत्यमा रुची राख्ने युवायुवतीहरुका लागि लक्षित गरेर ल्याइएको गीतमा गायिका भट्टराई र रबिन्द्र महराको स्वरमा श्रोता झुम्ने तथा अनिम गोले तथा अस्मिता राई र गायक महराको नृत्यले सबैलाई नचाउने छ । गीतको ऐरेन्ज जीवन बडुले गरेका छन । गीतमा शब्द र संगीत हिमाँशु महराको छ ।

गायिका इन्दिरा भट्टराईले यस बर्षको तीजलाई लक्षित गरेर बजारमा ल्याएको नाँचौ मितिनी गीतले पछिल्लो समयमा बजार तताईरहेको छ । उनको स्वरमा रहेका गीतहरुले बिभिन्न राष्ट्रिय तथा अन्तराटिष्«य अवार्ड समेत जित्न सफल भएका छन ।

प्रकाशित मिति: १० श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्