पारशले अर्धशतक बनाएपछि नेपालद्धारा कुबेत ७ विकेटले पराजित


 


काठमाडौं, साउन ११

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगितामा कुवेतले प्रस्तुत गरेको १ सय ४२ को लक्ष्य १५ ओभर ५ बलमा तीन विकेट गुमाउँदै पार गरेको हो ।

नेपालका लागि कप्तान पारस खड्का पुनः नायक रहे । खड्काले ४४ बलमा ११ चौका र १ छक्काको मद्दतले ६३ रनको पारी खेले । उनले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४४ र दोस्रो विकेटका लागि शरद भेषवाकरसँग ७८ रनको साझेदारी गरे ।

मल्लले १९ रन बनाए । भेषवाकरले नटआउट ३८ रन बनाए । त्यसैगरी रोहित पौडेलले नट आउट ६ र दीपेन्द्रसिंह ऐरीले १ रन बनाए । यसअघि तीनै विकेट कुवेतका मुहम्मद कसिफको नाममा रह्यो । ब्याटिङमा पनि उनले ४९ रन बनाएर टिमको स्कोर १ सय ४१ रनमा पुर्याएका थिए ।

खेल इन्डियन एशोसिएसनको ग्राउन्डमा भएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मीले तीन तीन विकेट लिए भने करण केसीले २ र अविनास बोहोराले एक विकेट हात पारे । जीतसँगै नेपाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । नेपालले भोली अन्तिम खेल सिंगापुरसँग खेल्ने ।

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्