ग्लोबल टी –२० लिगका लागि सन्दिप र सोमपाल आज राति नै क्यानडा जाने


 


काठमाण्डौँ, साउन १२

क्यानाडामा जारी ग्लोबल टी २० क्रिकेट लिगका लागि नेपाली खेलाडी सन्दिप लामिछाने र सोमपाल कामी आज राति नै क्यानडा प्रस्थान गर्ने भएका छन ।

सिंगापुरमा जारी आइसीसी टी २० विश्वकपको एशिया छनोट अन्तर्गत सिंगापुर विरुद्धको खेल सकिएको ६ घण्टापछि सन्दिप र सोमपाल प्रस्थान गर्ने भएका हुन । उनीहरु सिंगापुरको समय अनुसार राती साढे आठ बजे उड्नेछन । नेपालले यो प्रतियोगिता जितमा दुबै खेलाडीका लागि आत्मविश्वासले भरिएको हुनेछ ।

ग्लोबल टी २० मा सन्दिप रहेको टिम टोरन्टो नेश्नल्सले भोली नै सोमपाल कामी आबद्ध विनिपेग हक्ससँग खेल्दैछ । दुबै खेलाडी भोलीको खेल खेल्ने गरि क्यानडा पुग्ने सन्दिपका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

सन्दिप भोलीको खेलमा नै टिममा पर्ने संभावना रहेको छ भने सोमपाल खेल्ने की नखेल्ने त्यो भने भोली नै थाहा हुनेछ । युवराज सिंह कप्तानी रहेको सन्दिपको टिम टोरन्टो पहिलो खेलमा पराजित भएको थियो । सोमपालको टिम हक्सले आज खेल्दैछ ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्