पाँचथर सेवा समाजले रक्त क्यान्सरका बिरामी खत्रिलाई सहयाेग रकम हस्तान्तरण


 


दमक झापा
पाँचथर सेवा समाज दोहा कतारको झापा शाखाले दमक ३ का रक्त क्यान्सरका बिरामी भुवन सिंह खत्रीलाई सहयोग हस्तान्तरण गरेको छ ।
पत्रकार मञ्च दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजले रक्त क्यान्सर विरामी खत्रीलाई १ लाख रुपैयाँ प्रदान गरेको हो । ७० वर्षीय विरामी खत्रीलाई संविधान सभाका सभासद् आइन्द्र सुन्दर नेम्वाङ्ग र प्रदेश सभासद अर्जुन राईले चेक हस्तान्तरण गर्नु भएको छ ।

पाँचथर सेवा समाज दोहा कतारका पूर्व सदस्य मदन बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा समाज दोहा कतारकै प्रमुख सल्लाहकार छविरमण कटुवालले प्रवासमा बैदेशिक रोजगारमा रहेर कमाएको केही रकम कटाएर बिरामी खत्रीलाई सहयोग गरेको बताउनु भयो । संस्थाका सस्थापक अध्यक्ष छवि लाल विश्वकर्मा पाँचथर लगायत नेपालका विभिन्न भूभागमा २ करोड बढी लगानी गरी सकेको बताउनु भयो ।

बैदेशिक रोजगारीका लागि गएपछि कतारमा विभिन्न समस्यामा परेका नेपाली दाजु भाई दिदी वहिनीलाई पनि संस्थाले सहयोग गरी रहेको संस्थापक अध्यक्ष विश्वकर्माले बताउनु भयो । कार्यक्रममा सभासदहरु नेम्वाङ्ग , अर्जुन राई र भोला पोखरेल लगायतले सहयोगी मनहरुलाई आ–आफनो ठाउँबाट सहयोग गर्नु अनुरोध गर्नु भएको छ ।

पाँचथर सेवा समाज दोहा कतारका प्रमुख सल्लाहकार छविरमण कटुवाल (९८०८८६९१६७)

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्