सुमिनाको ‘बालापन भाग्दै’ मा ऋषी धमालाकी भतिजीको छमछमी – भिडियो सहित


 


काठमाडौं भर्खर मात्रै गायन यात्रामा पाइला टेकेकी पाख्रीवास नगरपालिका ७ मुगा, धनकुटाकी सुमिना बराइलीले केही म्यूजिक गीत रेकर्ड गराई सकेकी छन ।

मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै उनी एक पछि अर्को गीत रेकर्डिङमा लागेकी छिन् । पढाईसंगै गायनमा लागेकी उनी गायनलाई नै भविश्य बनाऊने सोच लिएर अगि बढेको बताऊछिन ।

पछिल्लो समयमा युवतीको यौ’नावस्था प्रवेशको अनुभब हुने उत्सुकता र चन्चलतालाई ऊजागर गर्दै ‘वाला पन भाग्दै’ वोलको गीत सार्वजनिक गरिएको छ । धनकुटा खबरको युटुव च्यानलवाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा टिपिकल शब्दभएकोले शब्दअनुसार लय भर्ने प्रयास गरेको बताऊदै संगितकार साजन राईले सम्पूर्ण टीमले नै गीतलाई न्याय दिने प्रयास गरेको बताएका छन । वुद्विमान वराईलीको शब्द रहेको उक्त गीतमा चन्दु गोर्खालीले लय भर्ने काम गरेका छन ।

ओम प्रकाश निरौलाद्वारा निर्देशित उक्त गीतमा कलाकार मनु धमला, सुमिना वराईली र विराज ओलीको उत्कृष्ट अभिनय रहेको छ भने भिडयो अवधारणा (कन्सेप्ट) विष्णु विक्रम निरौलाको रहेको छ । कलाकार मनु धमला वरिष्ट पत्रकार ऋषी धमालाकी भतिजी हुन भने सुमिना स्वयं गायिका हुन ।

त्यस्तै युगराज खड्काले चित्रमा ऊतारेको उक्त गीतको नृत्यनिर्देशन अश्मिता श्रेष्ठले गरेकी छन – हेर्नुहोस् भिडियो

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्