टिकटकले अब स्मार्टफोन बनाउने


 


एजेन्सी । भिडियो सेरिङ एप टिकटकको व्यापक सफलतासँगै कम्पनीले स्मार्टफोनको व्यवसायमा हात हाल्ने भएको छ । पछिल्लो समय युवामाझ टिकटक लोकप्रिय बन्दै गएको छ । यसको प्रयोगकर्ता ५० करोडभन्दा धेरै पुगिसकेका छन् ।

टिकटकको डेभलपर बाइटडान्स स्मार्टफोनको क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ । बाइटडान्ससँग टिकटकलगायत अन्य भिडियो तथा समाचारमा एपको स्वामित्व छ । टोटियो, बुज भिडियो, भिगो भिडियोमध्ये यसको सबैभन्दा चर्चित एप टिकटक हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्