प्रधानमन्त्री ओली विशेष राहत तथा रोजगारीको प्याकेज लिएर मधेस झर्ने



काठमाडौँ, साउन १७

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर आफैं मधेस आउने भएका छन् ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग भेटेर मधेसको अवस्थाबारे जानकारी लिएका ओलीले शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका र त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेट्न जाने बताए ।

प्रधानमन्त्री ओलीले बाढीले पूरै घर बस्न नहुने गरी क्षति पुगेका जनतालाई सरकारले नै घर बनाइदिने र खेतीबाली नष्ट भएका पीडित परिवारका कम्तिमा एकजनालाई रोजगारीसमेत दिइने बताए ।

नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेलसहित सो प्रदेशबाट निर्वाचित नेकपाका सांसदले प्रधानमन्त्रीलाई भेटेर मधेसका बाढीपीडितको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News