एनआरएन कतारको अध्यक्षमा तेज कटुवाल नै किन?


 


विराटनगर । मिनी नेपाल भनेर चिनिएको कतारमा यतिखेर गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारको चुनावी सरगर्मी तात्दै गईरहेको छ । गैर आवासीय नेपालीहरुको छाता संगठन एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि सामाजिक अभियन्ता तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष तेज कटुवालले आकांक्षा राखेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनसीसी कतारको निर्वाचन आगामी अगष्ट २३ अर्थात गौरा पर्वको रमझममा श्रीकृष्ण जन्माष्ठमीका दिन भदौ ६ गते कतारमा हुँदैछ । भेदभाव, वैमस्यता र कुविचार नराख्ने स्वच्छ, शान्त र विशाल मनका धनि कटुवाल त्यही दिन आयोजना हुने एनसीसी कतारको लोकतान्त्रिक प्रक्रिया विधि अनुरुप हुने निर्वाचनमा अध्यक्षको प्रत्यासीका रुपमा उभिँदैछन् ।

मोरङ सुनसरी सेवा समाज कतारको साधारण सदस्य, क्रियाशिल सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष समेत भएर सामाजिक अभियानमा राम्रो दखल र छविका साथ मौजुदा कार्यसमितिको उपाध्यक्षमा निर्वाचित भएका कटुवाल एनसीसीभित्र महासचिवको समेत कार्यभार वहन गरिसकेका व्यक्तित्व अबको निर्वाचनमा अध्यक्षका प्रत्यासी बन्ने पक्कापक्की भएको हो ।

वामपन्थी राजनीतिबाट प्रभावित बनेका कटुवाल नेपालको गाउँस्तरदेखि नै पार्टीभन्दा पनि सामाजिक अभियानबाट सबैका लागि भनेर काम गर्दै आएका व्यक्तित्व आर्थिक उन्नति र पारिवारिक समृद्धिसँगै राष्ट्रिय दुःख र सुखको साथी बन्ने मनसाया साथ कतारमा रहँदा पनि त्यहाँ आएका समस्याहरु, दुःख र पीडालाई आफ्नै सम्झेर सहयोग गर्ने र समन्वयात्मक ढंगले समस्या किनारा लगाउने क्षमता बोकेका राम्रो र दर्बिलो छवि र व्यक्तित्वका कारण सामाजिक अभियानमा उनको उचाई बढ्दै गएको छ ।

कतारमा बसेर कमाएको सम्पत्ति नै त्यही इज्जत, प्रतिष्ठा र छविलाई मानेका कटुवालले एनसीसी कतारको अध्यक्षमा प्रस्तुत गरेको दावेदारी दावेदारी नभएर भोलिका दिनमा नेतृत्व लिन सक्ने हैसियत र सामथ्र्यसमेत बटुलिसकेका छन् । यसकारण पनि उनले आफ्ना घोषणापत्र र प्रतिबद्धता सार्वजनिक गर्दै आएका हुन् ।

कटुवालले आफ्ना सामाजिक अनुभवसहित कतारको नेपाली समाजमाझ पस्केका प्रतिबद्धताहरु उनकै भाषामा प्रस्तुत गरिन्छ ।
गैरआवासीय नेपाली अभियानमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरु, अग्रज अभियन्ता र सिङ्गो कतारको नेपाली समाजले मलाई दिइरहेको साथ सहयोग र हौसला नै मेरा उर्जा हुन् । यहि उर्जालाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ कतारको नेतृत्व गरेर कतारको नेपाली समाजमा एउटा स्वर्णिम अध्याय थप्ने मेरो आकांक्षा सहित अध्यक्षको रुपमा मैले गर्ने कार्यगत योजनाहरुलाई निम्नानुसार प्रस्तुत गर्दछु ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्