हिमानीले ल्याइन् पूर्वराजा ज्ञानेन्द्रको सन्देश संग्रह



काठमाडौं, साउन १९

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह प्रकाशन भएको छ । हिमानी कोषले आइतबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो कृति सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कोषकी अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहलगायतको उपस्थिति थियो । यो पुस्तक बिक्रीबाट प्राप्त हुने रकम दैवी उद्धार कोष खडा गरी जम्मा गरिने हिमानीले बताइन् ।

उनका अनुसार पूर्वराजाले सन्देश संग्रह ५ सय प्रति उपलब्ध गराएका छन् । पूर्वराजा ट्रस्टका संरक्षक छन् । किताबमा २०५८ देखि २०७६ सम्मका सन्देश संग्रहित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News