भ्वाईस अफ नेपाल’की श्रेया राईको पहिलो तीज गीत (भिडियो सहित)


 


काठमाण्डौ । पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ-नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भएको छ ।

गायिका राईको ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो । यसै नियमलाई आत्मसातगर्दै युवतीले हरतरहका परिस्थिती र अबस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस भन्ने चाह राख्छन भन्ने कुरालाई प्रष्ट्याऊन खोजिएको छ गीतमा ।

ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको सङ्गीत रहेको छ भने मनोज साङ्सोन राईले सङ्गीत संयोजन गरेका छन । त्यस्तै आरती हमाल, बिवुती शर्मा, कृती लिम्बू, सम्रचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ल आदि कलाकारको अभिनय रहेको उक्त गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन ।

लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन । हेर्नुहोस् भिडियो

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्