भ्वाइस अफ नेपाल सिजन–टू को ब्लाइण्ड अडिसन श्रावण ३१ देखि


 


काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन–टू को ब्लाइण्ड अडिसन श्रावण ३१ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको हिमालय टेलिभिजनबाट शुक्रबार र सनिबार प्रशारण हुनेछ ।

यो सिजनमा अघिल्लो सिजनका दुई कोचहरु अभय सुब्बा र सनूप पौडललाई परिवर्तन गरी उनिहरुको स्थानमा आस्था राउत र राजु लामालाई ल्याइएको छ । त्यस्तै प्रमोद खरेल तथा दीप श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

पहिलो सिजन कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको थियो भने सिजन–टू को प्रशारण हिमालय टिभीले गर्नेछ । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्चाइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ विश्वका १९२ भन्दा बढीहरु देशहरुले सञ्चालन गरिरहेका छन् । गत वर्ष सम्पन्न पहिलो सिजनको द भ्वाइस अफ नेपालमा सीडी विजय अधिकारी विजयी भएका थिए।

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्