भोजपुरमा पनि डेङ्गुको संक्रमण देखियो



भोजपुर । भोजपुरमा टेम्केमैयङ गाउँपालिका–३ अन्नपूर्ण भामलामा डेङ्गुका एक व्यक्तिमा डेङ्गुको संक्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमण ३७ वर्षीया हेमगङ्गा लुइटेलमा देखिएको वडा–३ का अध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिनुभयो ।

केही समय अघिबाट बिरामी परेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याइएकी लुइँटेलमा डेङ्गुको सङ्क्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

लुइँटेलको सोही अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिकामा डेङ्गु देखिएपछि थप सजकता अपनाइएको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News