आज मध्य र पूर्वी भागमा भारी वर्षाको सम्भावना



काठमाडौं, साउन २२

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । न्यून चापीय रेखा औसतभन्दा उत्तरतर्फ रहेको असर पनि देखिन थालेको महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य वदली भइरहेको र देशको पुर्वी भुभागका केही स्थानमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको महाशाखाले जनाएको छ । पूर्वी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा भइरहेको छ । त्यस्तै पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा पनि वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति पूर्वी र मध्य भागहरूका केही स्थानमा र पश्चिमि भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ ।

बिहीबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार दिउँसो मुलुकका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पूर्वी पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति देशभर सामान्यतया वदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिमी पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले केही स्थानमा मेघ गर्जन सहितको वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले आगामी २४ घण्टाका लागि सतर्क रहन आग्रह गरेको छ । त्यस्तै मध्य र पूर्वी पुर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो र भू–क्षयका कारण अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News