सुनको भाउ अझै बढ्दै : आज एकै दिन तोलामा १५ सयले बढ्यो, हेर्नुहोस् दरभाउ


 


काठमाडौं , साउन २२

दैनिक जसो नयाँ रेकर्ड मुल्य कायम भएको सुनको भाउ आज पनि उकालोे लागेको छ । अन्तर्राष्ट्रियय बजारलाई पच्छ्याउदै आज बुधबार स्थानीय बजारमा छापावाल सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो १ हप्तामा सुनको मुल्य करिब ४ हजारले वृद्धि भएको हो । मंगलबार तोलामा २ सयले वृद्धि भई ६८ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाऊमा पनि बृद्धि भयो । चाँदीको भाऊ पनि तोलामा १५ रुपैयाँले बृद्धि भइ ८ सय १० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १४ सय ९७ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्