स्वराजको निधनप्रति सभापति देउवाद्वारा दुःख प्रकट



काठमाडौं । भारतीय जनता पार्टीकी नेतृ एवं भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख प्रकट गर्नुभएको छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई छुट्टाछुट्टै समवेदना सन्देश समेत पठाउनु भएको छ ।

सन्देशमा सभापति देउवाले नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन सुष्मा स्वराजले पुर्याउनु भएको योगदानको स्मरण गर्नु भएको छ ।

उहाँको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्यहरु, स्वर्गीय श्रीमती सुष्मा स्वराजका परिवारका सदस्यहरु सहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News