आजको मौसम – पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा



काठमाडौं, साउन २३

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तर अर्थात नेपालतर्फ रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांस स्थानहरुमा आंसिकदेखि सामान्य वदली भइरहेको छ भने पूर्वी भू–भागका केही स्थान र पश्चिमका १÷२ स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो मुलुकका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थान तथा पूर्वका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना छ । त्यस्तै आज राति देशका धेरैजसो स्थानमा सामान्य वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिमी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ ।

त्यस्तै शुक्रबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने एवं राती सामान्यतया वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ । शनिबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा तथा राति आंसिक देखि सामान्य वदली रही पश्चिमका थोरै स्थान एवं पूर्वी र मध्यका १÷२ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News