भिजिट भिसामा सेटिङ, अध्यागमनका अधिकृत अख्तियारको फन्दामा


 


काठमाडौं, वैदेशिक रोजगारको सिलसिलामा श्रम स्विकृति नलिई कतार दुवइ तथा कतार दुबइमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकहरूमा जाने व्यक्तिहरूलाई सेटिङ मिलाएर भिजिट भिसामा प्रस्थान गनअनुमित दिने अध्यागमन अधिकृत कमल प्रसाद पराजुली पक्राउ परेका छन् ।

विचौलियाहरू समेतको मिलेमतोमा प्रस्थान अनुमति दिइ त्यसरी प्रस्थान अनुमति दिएको अभिलेख समेत अभिलेखवद्ध नरहने गरी डिपार्चर छाप लगाई दिने जस्ता गैरकानूनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको प्रमाण भेटिएपछि उनी पक्राउ परेका हुन् । आयोगले मंगलबार उनलाई पक्राउ गरेको हो ।
विमानस्थल कार्यालयबाट अहिले पनि दैनिक सेटिङमा भिजिट भिसामा दुबई कतार लगायतका देशमा उडाइने गरिएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्