साउदीमा अलपत्र कामदारको तत्काल उद्दार गर्न मन्त्री गोकर्ण विष्टको निर्देशन



काठमाडौं । साउदी अरबमा अलपत्र परेका १५ नेपाली कामदारलाई तत्काल नेपाल फर्काउन पहल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्काल अलपत्र कामदारबारे बुझ्न रोजगार विभागलाई निर्देशन दिएका छन् ।

मन्त्री विष्टका सञ्चार संयोजक मदन खनालले भने, – १५ नेपाली कामदार साउदी अरबमा अलपत्र परेको समाचार आएपछि त्यसबारे कारवाही अघि बढाउन मन्त्रीज्यूले तत्काल रोजगार विभागलाई निर्देशन दिनुभएको छ ।

साउदी अरब पुर्‍याएपछि कहिले कता त कहिले कता पुर्‍याउँदै आएको र उनीहरु अलपत्र अवस्थामा भोकभोकै थिए । उनीहरु भोकभोकै रहेको खबर सार्वजनिक भएपछि साउदी अरबमा रहेका सहयोगी नेपालीहरुले खाना खाने बन्दोबस्त गरेका थिए । केही दिनपछि मेनपावर प्रतिनिधिहरु पनि पुगेर सहयोग गरेको दावी गरेका छन् । तर, अलपत्र कामदारले भने मेनपावरका प्रतिनिधिहरु आएर उल्टै धम्काएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News