संविधानलाई गुडियाका रुपमा नलिन शर्माको चेतावनी



काठमाडौँ, साउन २३

नेकपाका नेता जनार्दन शर्माले संविधानलाई गुडियाका रुपमा नलिन चेतावनी दिनुभएको छ । आज संसदको विशेष समयमा शर्माले संविधानमा उल्लेख भएका महत्वपूर्ण विषयलाई कार्यान्वयन गर्न सन्दर्भमा हेलचेत्र्याइ भएको भन्दै आपत्ति जनाउनुभएको हो ।

शर्माले नेपालको संविधानको महत्वपूर्ण विशेषताका रुपमा लिइएको संघीयता र समावेशीतालाई कार्यान्वयन गर्न सरकारबाट बेवास्ता भएको आरोप लगाउनुभयो । उहाँले संविधान ठूलो बलिदानबाट आएकाले त्यसलाई बालबालिकाको गुडियाका रुपमा नलिन चेतावनी दिनुभयो ।

‘संघीयता समावेशीताविरुद्ध आवाज सुनिन थालेको छ ।  प्रदेश नभए पनि हुन्छ भन्ने आवाज सुनिन थालेको छ । संविधानमा नै प्रश्न उठाउने सुरु भएको छ । त्यसलाई मान्न सकिँदैन । संविधानलाई गुडियाका रुपमा नलियोस्, चेतावनी दिन चाहन्छु ।  यो त्याग र बलिदानबाट आएको हो’, शर्माले भन्नुभएको छ । उहाँले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धि आयोगलाई पूर्णता नदिएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News