सडक डिभिजन पोखराका प्रमुख र इन्जिनियर ९ लाख घुससहित पक्राउ



पोखरा, साउन २३

डिभिजन सडक कार्यालय पोखराका प्रमुख तथा इन्जिनियरलाई अख्तियारको टोलिले पक्राउ गरेको छ । बिहिबार साँझ करीब ७ बजेको समयमा उनीहरुलाई प्रमुखको क्वाटरबाट ९ लाख रुपैयासहित पक्राउ गरेको हो ।

डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरि कुमार पोख्रेल र इन्जिनियर पबित्रमणि आचार्य सो रकमसहित पक्राउ परेका हुन । बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरि प्रसादको क्वाटरमा गएका थिए ।

उनीहरुले झोलामा लगेको ९ लाख रुपैया हरि प्रसाद पोख्रेललाई बुझाएको र पोख्रेलले सो रकम राख्नका लागि आफ्ना भान्सेलाई दिएका थिए । उनका भान्सेले सो रकम लेखा अधिकृतका भान्सेलाई राख्न दिएको समयमा अख्तियारको टोलिले बिशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।

उक्त नगद बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का लेनदेनको हुनसक्ने आशंका श्रोतको रहेको छ । यसरी सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियरको सेटिङमा पैसाको लेनदेनमा भएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News