विद्यार्थीसँग ६ लाख ७५ हजार घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका अधिकृत पक्राउ



काठमाडौं, साउन २३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ । अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो ।

कोइरालालाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले दरबारमार्गको शेर्पामलबाट पक्राउ गरेको प्रवक्ता प्रदीप कोइरालाले बताए।

जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीको समस्या समाधान गरिदिन उनले घुस मागेका थिए । अख्तियारले उनलाई आफ्नो हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News