प्रधानमन्त्री ओली आइतबार मात्रै स्वदेश फर्किने



काठमाडौं, साउन २४

प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्किने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने जानकारी दिए।

‘शुक्रबार आउनुहुन्छ कि भन्ने थियो तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ’, डा अर्यालले भने। यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्ड गएका थिए।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News