क्यान्सर पीडितलाई उपराष्ट्रपति पुनले दिए एक महिनाको तलब



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गरेका छन् । उपराष्ट्रपति पुनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेका हुन् ।

उपराष्ट्रपति पुनले कर र अन्य कट्टी भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा। सुदीप श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उपराष्ट्रपतिले केहीं दिनअघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्नुहुँदै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए । सहयोग रकम लिँदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताए । उनले क्यान्सर पीडितहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताएको उपराष्ट्रपतिका पेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News