पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं, साउन २५

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको जनाएको छ । हाल देशका अधिकांश स्थानमा वदली रहेको जानकारी दिँदै महाशाखाले केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

शनिबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना तथा पहाडी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको संभावना छ । त्यस्तै मध्य र पूर्वी पहाडी भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो धेरैजसो स्थानमा वदली भइ तथा केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पश्चिमी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार राति धेरैजसो स्थानमा वदली भइ पश्चिम, पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै पश्चिमी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार दिउँसो देशका धेरैजसो स्थानहरुमा वदली रही पश्चिम, पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने र पश्चिमी भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार राति देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको केही स्थानहरुमा मेघ गर्जनसहितको वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । यस्तै पहाडी भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो र भूरक्षयका कारण अवरोध आउन सक्ने भन्दै यात्रामा सतर्कता अपनाउन महाशाखाले अग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News