कसैलाई एक थप्पड हानेको पनि छैन, कसैको एक थप्पड खाएको पनि छैन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मान्छेहरुले हिंस्रक देख्ने गरेपनि अहिलेसम्म एकजनालाई थप्पड नहानेको र कसैको एक थप्पड पनि नखाएको बताएका छन् ।

शमी साहित्य प्रतिष्ठानको ‘शमी’ साहित्यिक पत्रिकाको पहिलो अंक र नेकपाका नेता दीनानाथ शर्माद्वारा लिखित ‘झरीको सौन्दर्य’ नामक यात्रा निबन्धसंग्रहको शुक्रबार राजधानीमा लोकापर्ण गर्दै दाहालले आफू भद्र, सालिन, उदार र भावुक व्यक्ति भएको दाबी गरे ।

विकृति र विसंगतिका कारण आफू झन्डै–झन्डै पागल भएर विद्रोहमा गएको तर अहिले सही ढंगबाट काम हुन नसकेको पनि उनले बताए ।कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जनतामा निराशा बढेको भन्दै गल्ती स्वीकारेर काममा ध्यान दिन नसके समृद्धि नआउने बताए ।

त्यसैगरी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले छलछाममात्र गर्ने गरेको भन्दै अब छलछाम होइन, साँच्चिकै देश निर्मामाण लाग्न सुझाव दिए । कार्यक्रमका सहभागीहरुले साहित्य र राजनीतिबीच अतिनिकटको सम्बन्ध रहेको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News