उपनिर्वाचनका लागि ५ सय ५० मतदान केन्द्र निर्धारण



काठमाडाैँ । मंसिर १४ गते हुने उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र हुने भएको छ । निर्वाचन आयोगका अनुसार रिक्त पदपूर्ति गर्नका लागि ५ सय ५० मतदान केन्द्र निर्धारण गरिएको हो । उपनिर्वाचनमा करिब ५ लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ ।

उपनिर्वाचनमा मतदान गर्न साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकले मात्र मतदान गर्न पाउने आयोजले जनाएको छ । मतदाता नामावली ऐन २०७३ को दफा ६(ख)मा मतदाताको उमेर १८ वर्ष पुग्नुपर्ने मिति निर्वाचन आयोगले तोक्नुपर्ने व्यवस्था छ  ।

अहिलेसम्म प्रतिनिधिसभा १, प्रदेश सभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्लाका ४१ वडाध्यक्षको पद खाली छ

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News