चार दिनदेखि एनटिसीको सेवा अवरुद्ध



ओखलढुंगा । ओखलढुंगासहित तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएको छ। बुधबार राति १२ बजेबाट ओखलढुंग, सोलुखुम्बु र खोटाङमा नेपाल टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो।

उदयपुरको चित्रेमा रहेको टावरमा जडान गरिएको रेडियो लिंकको छाता हावाहुरीले अन्यन्त्र बंग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख बच्चुराम खतिवडाले जानकारी दिए। राजविराजमा रहेको टावरसँग लिंक गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बंग्याएको र मर्मत गर्नका लागि प्राविधिकहरू चित्रे टावरमा पुगिसके पनि काम अझै मर्मत पूरा नभएको उनले बताए।

शुक्रबार प्रविधिकहरूले केही काम गर्न नसकेको र शनिबार पनि बिहानैदेखि टावरमा मान्छे भए पनि हावाहुरी चल्ने क्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न नसकिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News