कावेली ईन्भेष्टमेन्टले लेटाङमा गर्यो योजना गोष्ठी


 


उर्लाबारी । कावेली ईन्भेष्टमेन्ट प्रालि उर्लाबारीले शनिबार व्यवसायीक रणनितीक योजना तर्जुमा गोष्ठीका तस्विर तथा अन्तक्रिया कार्यक्रम गरेको छ ।

कृषी बिकास बैक क्षेत्रिय तालीम केन्द्र लेटाङको सभाहलमा भएको सो कार्यक्रममा सहजकर्ता कृषी बिकास बैक बिर्तामोडका प्रवन्धक याम पौडेलले सहजीकरण गरेका थिए । सो प्रालिका अध्यक्ष मनोजकुमार भट्टराईको अध्यक्षतामा भएको सो अन्तक्रिया कार्यक्रममा चालु आर्थीक बर्षमा प्रालिको आर्थीक बिकासलाई अगाडी बढाउने क्रममा अपनाईने रणनिती निती तथा कानुनी प्रावधानको बिषयमा दिक्षीत गराईएको थियो ।

अन्तक्रिया कार्यक्रमले नयाँ आर्थीक निती तथा रणनितीक योजना बनाउनमा सहजता हुने विश्वास व्यक्त गर्दै अध्यक्ष भट्टराईले शेयर पुजी बृद्धि, नयाँ आयोजनाको पहिचान गर्ने लगायतका निर्णय समेत गरीएको बताएका छन ।

प्रकाशित मिति: २५ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्