उदयपुर सिमेन्ट उत्पादनमा कमी



उदयपुर, साउन २६

उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्तिमा समस्याका कारण लक्ष्यअनुसार सिमेन्ट उत्पादन गर्न नसकेको जनाएको छ । विद्युत् प्राधिकरणको लापरबाहीले विद्युत् भोल्टेज गडबढ भइ विद्युत् आपूर्ति बन्द हुँदा लक्ष्यअनुसार सिमेन्ट उत्पादन नभएको उद्योगको तर्क छ ।

उद्योगमा शुक्रबारयता पटक–पटक विद्युत् आपूर्तिमा समस्या आउँदा ७०० बोरा उत्पादन हुनुपर्नेमा ४०० बोरा सिमेन्टमात्र उत्पादन भएको जनाइएको छ ।

विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सनमा रहेको सस्पेन्सन प्रि–हिटर फ्यान बिग्रिएपछि गएको जेठ २० गतेदेखि बन्द उद्योग गएको बुधबार दुई महिनापछि पुनः सन्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News