ठेकेदारलाई १० प्रतिशत मात्र पेस्की : काम सुरु भएपछि मात्र दिने सरकारको निर्णय



काठमाडौँ, पेस्की रकम लिई ठेक्का अलपत्र पार्ने क्रम बढेपछि नियन्त्रण गर्न सरकारले कडाइ सुरु गरेको छ । सम्झौता भएपछि कुल ठेक्का रकमको २० प्रतिशत पेस्की (मोबिलाइजेसन खर्च) रकम बुझेर ठेकेदारले अन्यत्रै लगानी गर्ने क्रम बढेपछि सरकारले नियमन सुरु गरेको हो ।

प्रधानमन्त्री कार्यालयले काम थालेपछि मात्र पेस्की दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयहरूले त्यसै निर्देशनअनुरुप काम सुरु गरेका छन् ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले ठेक्का सम्झौता भई ठेकेदारले सामान झारेर काम सुरु गरेपछि मात्र ५ प्रतिशत पेस्की रकम दिने निर्णय गरेर त्यसलाई लागू गर्न लिखित आदेश दिएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले भने, ‘कामको प्रगति सन्तोषजनक देखिएपछि थप ५ प्रतिशत दिन सकिनेछ ।’ पहिला सार्वजनिक खरिद ऐनमा ‘२० प्रतिशतसम्म पेस्की दिन सकिनेछ’ भन्ने थियो । अब ठेकेदारलाई बढीमा १० प्रतिशत मात्र पेस्की दिइनेछ ।

‘यसअघि पेस्की बुझेपछि धेरैजसो ठेकेदार हराउने प्रवृत्ति थियो,’ उनले भने, ‘अब नयाँ ठेक्कामा यो निर्णय लागू हुनेछ । यसले पुरानो विकृति अन्त्य गर्नेछ, समयमै काम होस्, राम्रो होस् भन्ने हाम्रो चाहना हो ।’ मुलुकभर २३ अर्ब रुपैयाँ पेस्की रकम बुझेर ठेकेदारले १८ सय ४८ ठेक्का अलपत्र छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News