सिंगापुरबाट प्रधानमन्त्री ओली सोमबार दिउँसो फर्कने



काठमाडौं, साउन २६

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार गरेर भोलि सोमबार दिउँसो साढे १२ बजे स्वदेश फर्किनु हुने भएको छ ।
उहाँ अघिल्लो शनिबार फलोअप उपचारका लागि सिंगापुर जानुभएको हो ।

उहाँको स्वास्थ्य अवस्थाका बारेमा सरकारी तहबाट कुनै औपचारिक जानकारी भने गराइएको छैन । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आज बिहान प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक अवस्थामा रहेको बताउनुभयो । उहाँको भनाइ थियो, ‘‘उहाँको नियमित परीक्षण हो । नियमित परीक्षण सकेर उहाँ भोलि स्वदेश आउनुहुनेछ ।”

प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुनुहुन्छ । कामको धपेडीको कारण देखाउँदै उहाँका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरेपछि उहाँ त्यसतर्फ जानुभएको हो । प्रधानमन्त्री राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उहाँलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News