आजको सुनको भाउ हेर्नुहोस् !


 


काठमाडौं, साउन २६

आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्ने बताइएको छ। गत बिहीबार ५ सय रुपैयाँ बढेर ७० हजार रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार र आज आइतबार स्थिर छ ।

अघिल्लो साताको पहिलो दिन ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताभर लगातार बढेर ७० हजार रुपैयाँ पुगेको हो । यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

प्रकाशित मिति: २६ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्