प्रिया सिग्देल साझा पार्टीको केन्द्रीय सदस्यमा


 


काठमाडौं । गत वर्षकी ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पार्टीको नेतृत्वमा युवालाई जोड्न लागि परेको साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले २४ बर्षीया पृयालाई केन्द्रीय सदस्यका रुपमा अनुमोदन गरेको पार्टी प्रवक्ता डा। सूर्यराज आचार्यद्वारा जारी विप्तिमा उल्लेख छ ।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया पिछडिएका महिलाको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् । उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’का रुपमा स्वीट्जरल्याण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहश्र दिएकी थिइन् ।

प्रकाशित मिति: २६ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्