तीनवटै तहका उपनिर्वाचन बहिष्कार गर्ने घोषणा



काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले मंसिर १४ मा आयोजना गरिने उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।

पार्टी महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी सरकारले मंसिर १४ गते गर्न लागेको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

सक्रिय भनिएपनि बहिष्कारको प्रकृति कस्तो हुने त्यही बेला निर्धारण हुने जनाएको छ । सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गर्नेभन्दा बहिस्कार सही हुने र यसबाट दलाल संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर बैठकले गरेको एक नेताले बताए ।

यस्तै बैठकले भारत सरकारले भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था खारेज गरिएकोमा विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News