वडाध्यक्ष बुद्धिलालले चाले यस्तो कडा कदम !


 


मिक्लाजुङ । मिक्लाजुङ गाउपालिका वडा नंबर ६ ले विचौलिया प्रवेशमा रोक लगाएको छ । मिक्लाजुङ गाउपालिका वडा नंबर ६ को कार्यालयमा विचौलिया मार्फत आएको काममा रोक लगाइएकोछ ।

निवेदन लेखेको र फारम भर्न सहयोग गरे वापत सेवाग्राही संग रकम असुल्ने गरेको गुनासो वढ्दै गए पछि यस्तो कदम चालिएको वडा अध्यक्ष बुद्धिलाल निरौलाको वताउनुभयो ।

वडाअध्यक्ष बुद्धिलाल निरौलाको अनुसार सेवाग्राही मर्कामा नपरुन भन्नको लागि निवेदन लेख्नु र फारम भर्न कार्यालय सहयोगी र वडा सदस्यहरु वाट सेवाग्राहीलाई सहयोग गर्ने र सर्जमिनका लागि वडा सचिवलाई लेख्न लगाउने तयारी गरिएको वताउनुभएको छ ।

वडा नं. ९ को कार्यालयमा आउने सेवाग्राही विचौलियाको कारण मारमा परेको गुनासो केही दिन अघि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्