ओली सरकारले अब सार्वजनिक यातयातमा अपशब्द बोले पाँच हजार तिर्नुपर्ने कानून ल्याउँदै


 


काठमाडौँ । हामीले सार्वजनिक यातायातको प्रयोग गर्दा दैनिक जसो चालक, सहचालक र यात्रुले समेत सुन्नै नसक्ने अपशब्द प्रयोग गरेको सुन्छौँ।

परिवारका सदस्य र साथीसँगै हुँदा सुन्न नसकिने शब्द सार्वजनिक यातायातमा प्रयोग भए पनि कसैलाई कारबाही भएको पाइदैन। बरु उल्टै त्यस्ता शब्दहरु बोल्ने भन्दा सुन्नेहरु नै तर्केर सुनेको नसुने झैँ गरी हिँड्ने गरेका छन्। तर अब सार्वजनिक यातायातमा अप शब्द प्रयोग गर्नेलाई प्रहरीले एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव सरकारले गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रियसभामा दर्ता गरेको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राणिकरण गठन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ मा सार्वजनिक यातायातमा अपशब्द प्रयोग गर्नेलाई पाँच हजारसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको हो।

काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई मात्र प्राधिकरणमार्फत व्यवस्थित बनाउन सरकारले नयाँ कानून बनाउन लागेको हो।विधेयकमा सार्वजनिक यातायातमा भाडा नतिर्ने यात्रु, कम भाडा उडाउने अनाआवश्यक सहुलियत दिने, जेष्ठ नागरिक, आपांगता भएका व्यक्ति बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गर्नेलाई पनि एक हजारदेखि पाँच हजार रुपैयाँसँम जरिवाना हुने प्रस्ताव गरिएको छ।

त्यस्तै सार्वजनिक यातायातमा क्षति पुर्‍याउने फोहर गर्ने वा सवारी साधानबाट सडक फोहोर फाल्नेलाई पनि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान विधेयकमा राखिएको छ।

विधेयकमा कम भाडा तिर्नेलाई जरिवाना गर्ने प्रस्ताव गरिए पनि बढी भाडा असुल्नेलाई कारबाहीको दायारमा ल्याइएको छैन। जरिवाना कम्तिमा सहायक निरिक्षक तहको ट्राफिकले गर्ने र उसले गरेको निर्णय उपर सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ।

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्