विदेशका कार्यक्रममा व्यस्त नायिका सुष्मा अधिकारी


 


काठमाण्डौँ । नायिका सुष्मा अधिकारी यतिबेला एकपछि अर्को वैदेशिक कार्यक्रममा व्यस्त बन्न थालेकी छन् । कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै आएकी नायिका अधिकारी बिभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुने क्रममा व्यस्त बनेकी हुन् ।

हामीसँगको कुराकानीमा उनले भनिन् – विदेशबाट कार्यक्रममा सहभागी हुन धेरै नै अफर आईरहेको हुन्छ । समय मिलाएर सकेसम्म धेरै नै सहभागी हुने प्रयाश गरिरहेको छुँ । नेपाली रंगमञ्चका कार्यक्रममा सहभागी हुने क्रममा हालसम्म उनी कतार र युएई दुई पटक तथा अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर र लण्डन पुगिसकेकी छिन् भने चाँडै नै जापान जाने निश्चित भईसकेको छ ।

स्टार इन्टरनेशनल अवार्ड कार्यक्रममा सहभागी हुन उनी यतिबेला कतारमा रहेकी छिन् । यस्तै कतारबाट आउने बित्तिकै उनी १७ अगष्टमा हुने ईन्कोरेजमेन्ट अवार्डमा सहभागी हुन जापान जाँदैछिन् । बिगत ८ वर्षदेखी नेपाली कलाकारिता क्षेत्रमा लागिपरेकी सुष्माले आधुनिक, पप, लोकगीत गरी हालसम्म तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । यस्तै उनले नेपाली चलचित्र अनौठो प्रेम कथा, पिपल, खुर्पा, चि मुसी चिका साथै भोजपुरी चलचित्र देवाना दुई र जय मधेशमा समेत अभिनय गरिसकेकी छन् । म्युजिकि भिडियोको त धेरै नै अफर आईरहेको छ, सुष्माले भनिन् – एउटा मुभिको कुरा भईरहेको छ, जापानबाट फर्केपछि फाईनल गर्छु ।

स्कुल लेभलदेखि नै नेपाली कलाकारिता क्षेत्रमा भविष्य बनाउँछु भन्ने दृढ संकल्प बोकेकी सुष्माको सपना उच्च शिक्षाका लागि काठमाण्डौँ आउने क्रममा पुरा भयो । सानैदेखी नृत्यमा सिपालु उनी टिभीमा नाटक, चलचित्र हेर्ने क्रममा आफु पनि अभिनन गर्न सिक्ने गर्थिन् । एसएलसी दिएपछिको विदाका बेला एउटा म्युजिकि भिडियोमा खेलेर नेपाली रंगमञ्चमा प्रबेश गरेकी सुष्माले यो आठ वर्षको अन्तरालमा निकै ठुलो उचाई बनाउन सफल भईसकेकी छिन् ।

यस क्षेत्रमा पनि निकै संघर्ष गर्नुपरेको बताउँदै सुष्माले भनिन् – दर्शकको माया र परिवारको साथकै कारण आफु यसठाउँमा आईपुगेको छु । सेक्स प्राकृतिक नियम रहेको र सेक्स सबैलाई अपरिहार्य रहेको बताउँदै उनले आफ्नो शरिरको आँखा नै सबैभन्दा सेक्सी अंग लाग्ने गरेको बताईन् ।

प्रस्तुती – सुमन घिमिरे

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्