३ वर्षसम्म चम्किनेछ यी ४ राशिको भाग्य !सुर्यले राशी परिवर्तन गर्दै


 


सुर्यले राशी परिवर्तन, सुर्यले राशी परिवर्तन गर्दा कुनै राशिलाई राम्रो फाइदा हुने गर्छ भने कुनै राशिलाई बेफाइदा हुने हुन्छ।कुनै राशि लाभ हुँदा छोटो समय सम्म मात्रै लाभ हुने हुन्छ भने कुनै राशिलाई लामो समय सम्म पनि लाभ कायम रहने हुन्छ।सुर्यको राशी परिवर्तनले विभिन्न चार राशीहरुलाई ३ वर्ष सम्म लाभ दिलाउने हुन्छ।

यी ४ राशीहरु सिंह, कन्या, तुला र कुम्भ रहेका छन्। ३ वर्ष सम्म यी ४ राशीहरुलाई राम्रो समय रहने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।जीवनमा भएका विभिन्न समस्या हाल भएर जान सक्ला। केहि समय देखि हल नभएको आर्थिक समस्या समेत हाल हुने अवस्था आउन सक्ने देखिन्छ।यी राशी हुने व्यक्तिहरुको नबनेको कार्य समेत फत्ते हुने देखिन्छ।स्वास्थ्यको मामिलामा पनि यी ४ राशी हुनेहरुको लागि सुर्यको राशी परिवर्तन शुभ हुनेवाला रहेको छ।

स्वास्थ्यमा भएको सम्पूर्ण विकार हटेर जाने देखिन्छ। अध्ययनमा सफलता हासिल गर्नको लागि खासै दुख गर्नु नपर्ने देखिने भएता पनि शिक्षाको क्षेत्रमा सानो-तिनो पनि लापरवाहीले दुख निम्त्याउन सक्छ। सामाजिक रुपमा प्रतिष्ठा बढ्ने योग बन्न सक्ला भने सामाजिक सम्मान पनि प्राप्त होला।

तर सामाजिक क्षेत्रमा दायित्व समेत बढ्ने हुँदा कार्यबोझ भने बढेको आभास हुन सक्ला। यी ४ राशी हुनेहरुको लागि सुर्य राशी परिवर्तनले पारिवारिक शुख समेत दिलाउन सक्ने देखिन्छ।आर्थिक मामलामा थोरै मात्र संयमता राख्नु भएमा पनि राम्रै लाभ मिल्न सक्ला।सुर्य परिवर्तनले यी ४ राशी हुनेहरुको कुण्डलीमा रहेको नक्षत्रमा विशेष महासंयोग बन्न सहयोग गर्ने हुँदा ३ वर्षसम्म लाभ मिल्ने हुन्छ।

अन्य समाचार :धन, बुद्धि र व्यापार वृद्धि गर्न बुधबार कुन भगवानको व्रत बस्ने ? हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ ।

कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ ।

व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ । ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ । यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ ।

किम्वदन्तीअनुसार एक पटक सुसुराली गएकी आफ्नी श्रीमतीलाई लिन गएका एक व्यक्तिले बुधरबारको दिन जबरजस्ती श्रीमतीलाई घर ल्याएको र त्यसक्रममा ति व्यक्तिलाई बुध भगवानले परीक्षा लिएको प्रसंग जोडिएको छ । बुधबारको दिन यात्रा गर्न नहुने तर उसले त्यही दिन श्रीमतीलाई सुसुरालीबाट ल्याएको हुँदा बुध भगवानले उनको परीक्षा लिएका हुन्छन् ।

कथाअनुसार घर फर्कने क्रममा श्रीमतीलाई तिर्खा लाग्छ । तिर्खाएकी श्रीमतिका लागि पानी लिन ति मानिस आमखोरा लिएर पानीको खाजीमा जान्छन् । पानी लिएर आउँदा उनले आफु जस्तै अर्को व्यक्ति श्रीमतिसँग सँगै बसिरहेको देख्छ । यो देखेर उ क्रोधित हुँदै आफ्नी श्रीमतीसँग बस्ने तिमी को हौँ भनेर सोध्छ । ऊ जस्तै बहुरुपी व्यक्तिले पनि आफ्नी श्रीमती भएको बताउँछ । ‘म अहिले भर्खरैं ससुरालबाट विदा मागेर आउँदैछु, उनले भन्छन् ।’

दुबै जना एकअर्कासित झगडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लिन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोध्छन् – यी दुईजना मध्ये तिम्रो असली पति चाहिँ कुन हो ? त्यसपछि त्यस स्त्रीले जबाब दिन सक्दिन । किनभने दवै व्यक्तिको सम्पूर्ण स्वरूप एकै किसिमको हुन्छ । बिचरी त्यस स्त्रीले कसलाई आफ्नो पति भन्नु, अल्मल्ल परिन् । अनि ईश्वरसित प्रार्थना गर्दै भन्छिन्, ‘हे ईश्वर यो के विचित्रको लीला हो।’ त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरलाई पुकारर्दै रुन कराउन थाल्छ ।

उसको धेरै बेरसम्मको विलापपछि आकाशवाणी हुन्छ, ‘मूर्ख आज बुधबारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो ।’ त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्छ र आफ्नो भूलप्रति क्षमा माग्छ । त्यसपछि भगवान अन्तरध्यान हुन्छन् ।

ऊ आफ्नी स्त्रीलाई लिएर घर जान्छ । त्यस पछि दाम्पत्य सुख एवं कहिल्यै वियोग नहोस् भन्ने उद्देश्यले प्रत्येक बुधबारका दिन पतिपत्नी दुबै नियमपूर्वक व्रत बस्ने तथा पूजाआजा गर्न थाल्छन् । जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधबारका दिन यात्रा गर्नाले कुनै दोष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुविधा हुने छैन । उसलाई सबै किसिमले सुख प्राप्ति मिल्ने विश्वास रही आएको छ ।

अन्य समाचार :अहिले जिवित कसैलेपनि नदेखेको दुर्लभ महासंयोग : आउँदैछ असार ३१ गते काठमाडौ । यो बर्षको आषाढ शुक्ल पूर्णिमा तिथिका दिन अर्थात् असार ३१ गते मंगलवार तदनुसार जुलाई १६ तारिखको राती १७ तारिखको विहान करिब १४९ बर्ष पछि जुर्दैछ दुर्लभ महासंयोग । जुन यो युगमा अहिले जिवित कसैले पनि यो संयोग भोग गरेका छैनन् । किनकी १४९ बर्षसम्म जिवित व्यक्ति अहिलेसम्म कोही छैन । खास के हो भने यो बर्ष अति पवित्र दिन गुरु पुर्णिमाकै दिन खण्डग्रास चन्द्रग्रहणु लाग्ने भएको छ ।

यो खण्डग्रास चन्द्रग्रहण नेपाल, भारत लगायत एशिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया, अफगानिस्तान, युक्रेन, टर्की, इरान, इराक, साउदी अरब, पाकिस्तान, अट्लान्टिक, हिन्द महाशागर, युरोप लगायत केहि र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार रातीको १र ४६ मिनेटमा स्पर्श हुने र रातीको ३ बजेर १५ मिनेटमा मध्य हुने र रातीकै ४ बजेर ४५ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ५९ मिनेटको रहनेछ ।

सूतक समयः शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले असार ३१ गतेका दिन दिउँसो ४ बजेर ४६ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ ।

ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ ।

यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभइ नवग्रहको समिक कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाकसिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यसलाई सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ । यस खण्डग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभर्इ ग्रहणलार्इ सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुरा छेउमा शुद्ध गार्इको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालार्इ रोक्ने काम गर्दछ, अतः गार्इको गोबर राख्नु राम्रो मानिन्छ ।

यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा क्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी उत्तरषाढा नक्षत्रमा जन्म भएका, धनु र मकर राशि तथा धनु र मकर लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ ।

अन्य समाचार :हामीले खूबै विश्वास गर्ने ज्योतिष : अाखिर कति भ्रम, कति यथार्थ ? प्रसंग- १ : “चिरिक्क घाम लाग्यो अब एकै छिनमा पानी पर्छ । ल आओ, केटाकेटी हो, पराल थन्क्याउँनु पर्छ ।” माइला बाको कुरा सुनेर कसरा निकुञ्जगेटका दीपक र ममता आफ्ना पिताजीसँगै धान-पराल स्याहार गर्न कस्सिए । नभन्दै पानी छिट्याउन थालेपछि ममताले भनिछन्- हाम्रा बाको ज्योतिष ठ्याक्क मिलेर आउला पो जस्तो छ त !

प्रसंग- २ : “ठ्याक्कै दुई दिनमा हराएको गाई भेटिन्छ भन्थे आर्जे हेर्ने बाले, नभन्दै भेटियो । बाजे कडा रहेछन् !” पूजा लामा भन्दै थिइन् । पल्ला नगरको बाली खाइदिएर झण्डै गाईको दाम बराबरकै बिगो तिर्नुपर्ने भए तापनि आफ्नो हराएको पाल्तु जन्तु भेटिदाको खुशी साट्न दाउन्नेकी पूजालाई भ्याइनभ्याई थियो ।

प्रसंग- ३ : चिनाटिपोट देखाएर धुमधाम साइत गरेर झ्याइं बाजा बजाएर बुहारी भित्र्याएको सोनाम बिहे गरेको सात दिनपछि पूर्वप्रेमिका रन्जुलाई लिएर हिडेछ । उल्टै ढुकुटी खेलाउने भन्दै साथीहरूसँग उठाएको एक करोड जति रकम लिएर विदेश उडेछ । यता घरमा नवबुहारीलाई विभिन्न लाञ्छना लगाउँदै सासु र नन्द भएर घरबाट निकाले अरे ! भनेको सुन्ने मदनपोखराका सानाकाजी रानाभाट भने फरक मत राख्दछन् । सानाकाजीका विचारमा ‘ज्योतिष यौटा चलाखीपूर्ण ज्ञान’ हो र यसको प्रयोग अवस्थानुसार फरक पर्दै जान्छ । यो ‘दिमाग चाट्ने पद्दति’ हो र मिल्दा मिल्ने कुरा हो ।

के हाे त ज्याेतिष ?

कुरैकुरा, स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाअनुसार ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।

बूढानिलकण्ठनिवाशी विशिस्ट कर्मकाण्डी एवं पण्डित डिल्लीप्रसाद गुरागाईंका विचारमा ज्योतिष वेदको एक तत्त्वज्ञानी अङ्ग हो । यसले ब्रह्माण्डको अवस्था र व्यक्ति तथा पिण्डहरूको अवस्थितिको सम्बन्ध मापन र सङ्केत गर्दछ । यो ‘जीवन र जगतको तालमेल अध्ययन गर्ने सर्वप्राचीन शास्त्र’ हो ।

चर्चित बालसाहित्यकार एबम् सांस्कृति अध्येता माधव शर्मा नेपालका शब्दमा ‘जीवनमा आइपर्ने घटनाहरूका सङ्गति अध्ययन गर्ने गणितीय विश्लेशणको विषय’ ज्योतिष हो । यो तथ्यपरक अनुमानमा चल्ने गर्दछ । छिन्ताङ्ग धनकुटाका सूर्य राई अनि स्याङ्गजाली वयोवृद्ध कृषिकर्मी सोमा रसाइलीको पनि समान धारणा पाइएको यथार्थमा सही अध्ययन र विश्लेषण यस विधाको कसी हुनेगरेको बुझिन्छ ।

प्रादुर्भाव कहाँ र कहिले ?

ज्योतिषशास्त्रको प्रारम्भ र यसको प्रयोग प्रादुर्भाव कहाँ भयो भन्दा पनि कहाँ भएन भनी खोज्न जरुरी देखिन्छ । संसारकै पुरानो ग्रन्थ वेद, जो मानवकथित र लिखित थिएन भनिन्छ, कै आधार प्रष्ट छ कि ज्योतिष मानव सभ्यता अध्ययनको पहिलो कसीकै रूपमा रहिआयो ।

कतिपयले मेसोपोटामियाको प्राचिन सभ्यतामा पनि यसको अभ्यास गरिएको र ग्रिशेली सभ्यतामा पनि प्रचलित रहेको मानेका छन् । सम्भवत: मुख्य-मुख्य सभ्यतासँग ज्योतिष पहिलेदेखि नै जोडिएर रहेको बुझ्नुपर्छ र सोहीअनुसार बुझाउन आवश्यक छ ।

के सबै ज्योतिष एकै हुन्छ ?

खगोलीय गणित र फलित गरी ज्योतिषका दुई मुख्य खेमा मानिन्छन् । मुख्य कुरो एकै लागे तापनि विभिन्नता भने स्थानअनुसार भेटिएकै छ । ‘पृथ्वीको क्रान्तिवृत्त र यसको सापेक्षतामा अन्य ग्रहादिकाे अवस्था हेरिने’ गणित ज्योतिष हो भने ‘खगोलीय अवस्थितिले मनुष्य तथा पृथ्वीमा पर्ने शुभ तथा अशुभ प्रभावको मुआवरा गर्ने’ फलित ज्योतिष हो भन्ने गरिएको छ । हस्त रेखा, पादअवलोकन, जोखाना/आर्जे, फेस रिडिङ्ग, कुण्डली विश्लेषण गर्नु फलित पक्षले समेट्ने कुरा हुन् भनी बुझ्न जरुरी छ । यस्तो अध्ययन पूर्वीय मतमा चन्द्रशारिणी र पश्चिममा सौर्यशारिणी हेरी मिलाउने गरिएको छ ।

अरुका कुरामा छिट्टै विश्वास गर्ने मान्छेहरू र कमशल ज्योतिषीहरूले यो विषयको महत्व र गरिमा घटाएका छन् । हो पनि ! अनुभव र सन्दर्भ बुझेर सबैजसोलाई हो कि जस्ता लाग्ने मिल्दाजुल्दा साझा सङ्केत भनिदिएर बाह्र-सत्ताइस बोल्नेहरूका कुरा पर्गेल्न जरुरी छ । यस्तो सघन विषयलाई कमाइ खाने भाँडाको रूपमा मात्र प्रयोग गर्नु कसैको पनि हितमा छैन ।

चिनियाँ ज्योतिष शास्त्र पानी, पृथ्वी अनि स्वर्गको सापेक्षतामा आधारित रहेको मानिन्छ । यसमा 12 वर्षको गणितीय चक्र र हरेक वर्षका जनावर प्रतीकका आधारमा स्वभाव आँकलन, सङ्ख्या गणन, यिङ्ग-याङ्ग सन्तुलन, तत्त्वसंयोजन आदि हेरी व्ययक्तिको भूत, वर्तमान तथा भविष्य बताउने गरिएको पाइन्छ ।

योगज्योतिष अनि तन्त्रज्योतिषसमेत जोडेर हेर्दा ज्योतिष प्रकारान्तले विविधतायुक्त छ भन्न सकिन्छ ।

ज्योतिषमा के हेरिन्छ त ?

अनुमानको गणितीय खाकामा चल्ने यो शास्त्र खगोलीय पिण्डहरूको अवस्थिति तिनको स्वभाव र आरोपित गुणहरूका आधारमा त्यस्ता पिण्डहरूको अन्तरसम्बन्ध र जीवन र जगतमा पर्ने तिनको प्रभाव हेरिन्छ ।

विकिपिडियाअनुसार, मूलतः काल्पनिक तारापुञ्जको भेदमा बुझी-बुझाई आइएको स्थिर राशी गतिशील ग्रहको सामाञ्जस्यमा कुण्डली निर्धारण गरिन्छ र सम्बन्धित राशीअन्तर्गत ग्रहका स्वभावअनुसार फलदोषजस्ता विभिन्न अर्थहरू खोज्ने गरिन्छ । जस्तो कि, मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ । त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुने भविष्यवाणी गरिआइएको छ ।

शुक्र दानवगुरु हुन् । त्यसैले वृहस्पति शुक्रको शत्रु भयो । शुक्रले यौनको पनि सङ्केत गर्दछ । शुक्र प्रधान हुने व्यक्ति कामवाशाना बढी हुने भनिन्छ। शनी पाप ग्रह हो । यसको प्रभाव पाप कर्ममा हुन्छ । धन पनि एक अर्थले पाप कर्म हो । शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ । चन्द्रमा सुन्दरता, कल्पनाको प्रतीक हो । यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ, आदि ।

ज्योतिष डा. सुनिल सिटौंलाले सञ्चालनमा ल्याएको एप जोखाना तथा विभिन्न धामी, माता/बूधीबजु, बिर्जु, झाँक्री आदिको गुजारा चलिरहेको तथ्य ज्योतिष विद्याको आवश्यकता पुष्टि गर्न पर्याप्त छ भन्न सकिन्छ । अझ आधुनिक युवावर्ग जानीनजानी पत्रपत्रिका र विभिन्न एपमा हरेक दिनको राशिफलमा नजर पुर्याउने अनि विहेवारी गर्नेलगायतका अन्यले शुभ र अशुभ ग्रहादि फलको तथा लगन वा मुहुर्तको जानकारी लिने भएबाट ज्ञानको यस पाटोको महत्त्व घामजत्तिकै छर्लंग भैदिएको छ ।

यस्तै, तिथि, बार, महिना, प्रहर, करण, योग आदिको फलादेशमा महत्व हुन्छ । पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ ।

फलादेशका लागि धेरै कुराको विचार आवश्यक हुन्छ । एउटा हो दृष्टि । ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन् । पिण्डेश्वर विद्यापीठ धरानका उप्रा कृष्णप्रसाद कोइरालाको यसबारेको सम्मत लाग्छ । कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ । यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ । त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि । शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ ।

फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो । दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ । त्यस्तै, कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त । राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो । उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ ।

ग्रहका आफ्ना भोगकाल हुन्छन् । त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि । दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ । फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा आदि हुन्छन् । यी सबै कुराकाे विश्लेषण गरी सही नतिजाकाे आँकलन गर्नु धेरैका लागि चुनौतीकै विषय रहिआएको छ । कसैले पनि शतप्रतिशत भविष्यवाणी गर्न सक्दैन ।

अनुमान अथवा भविष्यवाणी : कति मिल्ने, कति नमिल्ने ?

अलि जान्नेले हेरेको ठिकै हुँदो हो । तर, अनुमान मिल्नु संयोग मात्र हो जस्तो लाग्छ । मिलेसम्म मिल्ने यो कायदा सधैं र सबैलाई मिल्छ भन्ने ठोकुवा दिने विषय कदापि होइन ।

पत्थर, रत्न, माला, औंठी, जन्तर आदि ब्यापार गर्नेको त गुजारा चल्ला तर पूर्ण अन्धविश्वासमा लागेर भौंतारिने मनलाई साँढेसरह छोड्नु घातक हुनसक्छ भन्छन् सोलु सल्लेरीका फुर्बा शेर्पा । उनका कुरामा ज्योतिषलाई मनोविज्ञानमा मिसाएर हेरिएको ठिक छैन !

अरुका कुरामा छिट्टै विश्वास गर्ने मान्छेहरू र कमशल ज्योतिषीहरूले यो विषयको महत्व र गरिमा घटाएका छन् । हो पनि ! अनुभव र सन्दर्भ बुझेर सबैजसोलाई हो कि जस्ता लाग्ने मिल्दाजुल्दा साझा सङ्केत भनिदिएर बाह्र-सत्ताइस बोल्नेहरूका कुरा पर्गेल्न जरुरी छ । यस्तो सघन विषयलाई कमाइ खाने भाँडाको रूपमा मात्र प्रयोग गर्नु कसैको पनि हितमा छैन ।

मिलेको भनिएका विश्वचर्चित अनुमानहरू

कलीयुगमा अन्नमा गएर प्राण अडिने कुरा पुराना काव्यमा उल्लेख गरिएको बेठिक छैन भन्न सकिने धेरै आधार छन् । त्यसैगरी, विश्व इतिहास हेर्दा, सोह्रौं शताब्दीका फ्रान्सेली सिएर नोस्त्रदमसका थुप्रै भविष्यवाणी ठिक भएको भनिएको छ । त्यसमा हेनरी द्वितीयको मृत्यु, लण्डनको आगलागी आदि पर्दछन् । उनको पछिल्लो भविष्यवाणीहरूमध्ये सन् २०१५ को हाराहारीमा एन्टीक्रिश्चिअनिटीको जन्म आइएसको उदयसँग जोडेर मिलेको भनिएको छ ।

“यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहाँ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ मलाई राम्ररी थाहा छ । म मारिएपछि मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित गर्नेछ” भन्ने महान् आध्यात्मिक दार्शनिक आेशाे रजनीशको भनाइ उत्तिकै माननीय छ । अलि पृथक तर रहश्यपूर्ण अक्टोपसको भकुन्डे भविष्यवाणी हामी सबैले बिर्सनेछैनौं नै !

पृथ्वीको आयु सकिने, तेश्रो विश्वयुद्ध हुने, अर्को कुनै ग्रहमा मानव वस्ती बस्ने यस्ता कैयौं अनुमान भविष्यको गर्भमा छन् भन्न सकिन्छ !

ज्योतिषले उब्जाउने मनोकथा !

ज्योतिषसँग शैक्षिक र बाैद्धिक तादात्म्य राख्ने व्यक्तिहरू ज्योतिषी कहलाउँछन् ! कतै त जोशी अनि जैशी पनि बुझिन्छ । मानिसहरूलाई तपाईले यो गर्दा ठिक हुन्छ, यो गर्दा संयमित हुनुहोस्, यो नगर्नुहोस् भन्दा कतिले गलत ठाने पनि ब्यबहारिकता हेर्दा गलत नहोला भन्न सकिन्छ ।

याे पंक्तिकार पनि दुईचार अनुमान गरेको अनुभव राख्तछ तर पठित होइन र यो बौदिक खुराकको रहेको वैदिक कुरो मान्दछ ! ऋषिमुनिहरू र विद्वानहररूले हजारौँ वर्षसम्मको रिसर्चबाट विकसित यस्तो प्राज्ञिक विषयको हचुवामा प्रयोग गरिनु भने हुँदैन । स्थिति जटील हुने देखिए पनि त्रासको डम्फू फुक्नु अनौठै हुनेछ । जस्तो अहिले भुइंचालो आउने, राजा फर्किने आदि अफवाहले मानिस बिथोलिएकै छन् । सचेत वर्गले बुझ्ने र बुझाउने कुरो अर्को पाटो हुनसक्छ ।

ज्योतिष विद्याबाट के पत्ता लगाउन सकिन्छ ?

राम्रो हेर्न जानेमा ज्योतिष जीवनको ऐना हो । यो सही जीवनयापनको मार्गदर्शक हो, ज्ञानचक्षु हो।

हामीले हेर्ने ज्योतिषको मूल विधा भनेको कुण्डली हो । ज्योतिषी दिवाकर पन्तका अनुसार कुण्डलीबाट ब्यक्तिको विगत, वर्तमान र भविष्य अध्ययन गर्न सकिन्छ । अनि, कुण्डलीका प्रकार हेरी सम्बन्धित ब्यक्तिको वैवाहिक जीवन, ब्यापार-वृत्ति, गृहप्रवेश, सन्तानका पक्ष आदिबारे अध्ययन गरिन्छ । त्यसैगरी दशमांश कुण्डलीबाट ब्यक्तिको पेशागत जीवन अध्ययन गरिन्छ । यसरी धेरै कुण्डलीहरू छन्, जसबाट शुक्ष्म रूपमा अध्ययन गरिन्छ ।

ज्योतिषप्रति समाजमा ठूलो विश्वास छ । त्यत्ति मात्र होईन, अहिले वैदिक ज्योतिष प्रति पश्चिमाहरुको ठुलो चासो बढेर आएको छ । उनीहरू वैदिक ज्योतिषमार्फत् आफनो चिना-टिपोट बनाउन थालेका छन् । कतिपय पर्यटकहरू नेपाल र भारत आउँदा ज्योतिषीकहाँ पुगेर परामर्श लिने गर्दछन् । आश्चर्यको कुरा यो छ कि अहिले पश्चिमाहरू वैदिक ज्योतिषमार्फत् आफ्नो चिना बनाउन थालेका छन् भने लाभकामी हामी आफ्नो यस्तो मुल्यवान सम्पदाको चीरहरण गर्दै मक्ख छौं ।

निचोडमा ज्योतिष:

भूत, भविष्य र वर्तमानको समय र सन्दर्भको कसीमा जीवन पद्दति नियाल्न र गतिविधि निर्क्यौल गर्न सहयोगी विद्या ज्योतिष एक आधारभूत ज्ञान हो। गणितमा आधारित विज्ञान नै भएकाले र आधुनिक विज्ञानले समेत नकार्न नसकेको यो विषय मानवीय ज्ञानको महत्त्वपूर्ण शाखा हो ।

तिथि, बार, योग, करण, नक्षत्र, राशीफल, राशी-राशीबीचको सम्बन्ध, ग्रहगोचर अनि यस्ता तत्त्वमार्फत् जीवन र जगतमा पर्नसक्ने विचारणीय अवस्थाजस्ता मानिसलाई चासो रहने जानकारीहरू खोतल्न बुझ्नसकिने यस्तो उपयोगी शास्त्र सधैंको खाँचोको विषय रहँदै आएको छ । यस्तो संवेदनशील विषयको पर्याप्त अध्ययन र ठोस अनुमान गर्नसके यसको सान्दर्भिकता अझ प्रखारित हुने थियो भन्नसकिन्छ । पुनश्च: कुराजनीतिको शिकार नहोस् र यसको गलत प्रयोग हुनुहुन्न भन्ने कुरामा सम्बन्धित सबै सचेत रहन पङ्क्तिकारको अनुरोध पनि छ ।

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्